खाद्यान्न र तरकारीको मूल्य वृद्धि उच्च , उपभोक्ता मूल्यवृद्धिदर ४.५२ प्रतिशत

काठमाडौं ९, कात्तिक । गत भदौमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.५२ प्रतिशत छ । गत आर्थिक वर्षको भदौंको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिको मूल्यवृद्धिदर १.६४ प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्षको भदौमा यस्तो मूल्यवृद्धिदर ६.१६ प्रतिशत थियो ।

गत आर्थिक वर्षको तुलनामा गत भदौंमा मूल्यवृद्धिदर कम देखिए पनि खाद्य तथा पेय समूह, तरकारी, दाल लगायतको मूल्यवृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ ।

‘गत भदौं महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.६८ प्रतिशत छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘२०७६ भदौको तुलनामा २०७७ भदौमा तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च छ ।’

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ७ प्रतिशतको सीमाभित्रै राख्ने लक्ष्य तय गरेको छ ।

गत भदौसम्म काठमाडौं उपत्यकामा मूल्यवृद्धि ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.५१ प्रतिशत छ । ०७६ भदौमा यी क्षेत्रमा क्रमशः ७.९० प्रतिशत, ५.६९ प्रतिशत, ५.०९ प्रतिशत र ५.०२ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here