स्ट्याण्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत लाभांश दिने

काठमाडौं, १४ कात्तिक । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.८४ प्रतिशत नगद गरी कुल ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा १०.६६ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा २२.५ प्रतिशत नगद लाभांश दिएको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here