जब बुबाले आफ्नै छोराको चौरासी पुजा गरे…

नवलपरासी, १४ कात्तिक । एक भाग्यमानी बुबाले आफ्नै छोराको चौरासी पुजा देख्न पाएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)का अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा एक बुवाले छोराको चौरासी पूजा गर्ने दुर्लभ अवसर पाएका छन् । वर्तमान समयमा मानिसहरुको औसतः आयु बढेको छ । तर, अनेक कारणले मानिसले अकालमै ज्यान गुमाउनु पर्छ ।

तर, एक बुवाले भने आफ्नै छोराको चौरासी पूजा गर्दै यो शौभाग्य प्राप्त गरेका हुन् । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराउँदै थप दीर्घायुको कामना गरेका छन् ।

बुवाले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको स्थानीयको प्रतिक्रिया थियो । स्थानीयवासीले समेत बुवा केशवराजको हातबाट टिका तथा आशीर्वाद ग्रहण गरेका छन् ।
बुवा केशवराज अहिले पनि स्वस्थ्य रहेको परिवारले जनाएको छ ।

उनी खेतीपातीमै जीवन बिताएका व्यक्ति हुन् । केशवराजका चार छोरामध्ये ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा. बाबुराम रहेको छन् ।

उनी विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका हुन् । उनको अहिले आफ्नै पाँचौँ पुस्ता (खनाति) देखिसकेका छन् । उनका खनाति शिवम् दुई वर्ष पूरा भएको राससले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here