देशभर कोरोनाबाट थप १७ को मृत्यु, ३६५ जना आइसीयू र भेन्टिलेटरमा

प्रतिनिधी तस्विर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । अझै ३ सय ६५ जनाको अवस्था गम्भीर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९६ जनाको आइसियु र ६९ संक्रमितको भेन्टिलेटरमा उपचारत जारी छ ।

मन्त्रालयको तथ्यांक अनुसार सक्रिय संक्रमितमध्ये बागमती प्रदेशमा १ सय ८४ आइसियु, भेन्टिलेटरमा ५२ र होम आइसोलेसनमा १७ हजार ६ सय ९२ मानिस छन् । लुम्बिनीमा ३ हजार ४ सय २ संक्रमित होम आइसोलेसनमा बसेका छन् ।

आइसियुमा ४४ र भेन्टीलेटरमा ४ जना रहेको तथ्यांक छ । प्रदेश १ मा होम आइसोलेसनमा ६ हजार १ सय ४० जना मानिस छन् । आइसियुमा ३१ र भेन्टीलेटरमा ९ संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ३ सय ५९,आइसियुमा १५ र भेन्टीलेटरमा ३ जना रहेको तथ्यांक छ । प्रदेश २ मा १२ संक्रमित आइसियुमा छन् । होम आइसोलेसनमा १ हजार २१ संक्रमित बसेका छन् ।

कर्णाली प्रदेशमा होम आइसोलेसनमा ५ सय ४४ जना छन् । आइसियुमा ४ जनाको उपचार जारी छ । सुदूरपश्चिममा होम आइसोलेसनमा ८ सय ५० जना छन् । आइसियुमा ५ र भेन्टीलेटरमा १ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here