नेपाल बैंकको खुद नाफा घट्यो, वितरणयोग्य नाफा साढे १९ करोड

काठमाडौं, १६ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकको खुद नाफा ३ करोड रुपैयाँले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय चालू आवको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आवको तुलनामा ३ करोड १४ लाख रुपैयाँ अर्थात् ५.४० प्रतिशत कम हो । बैंकले गत आवको सोही अवधिमा ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा बढेपनि बैंकले स्थगित कर (डिफर्ड ट्याक्स) तिर्दा बैंकको नाफामा गिरावट आएको हो ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । हाल ११ अर्ब २८ करोड चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा १३ अर्ब ६९ करोड सञ्चित छ ।

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १९ करोड ६४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ४५ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब ४ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको प्रथम त्रैमासको तुलनामा बैंकको निक्षेप र कर्जा ३ अर्ब रुपैयाँले बढेको छ ।

गत वर्षको तुलनामा बैंकको खराब कर्जा भने बढेको छ। यस अवधिमा बैंकको खराब कर्जा २्.७५ प्रतिशतबाट बढेर ३.०२ प्रतिशत पुगेको छ।

बैंकको वार्षिक प्रतिसेययर आम्दानी २०.६३ रुपैयाँबाट घटेर १९.५१ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २७२. ४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.६० गुणा, सीसीडी रेसियो ६६.५४ प्रतिशत, आधार दर ६.८१ प्रतिशत र स्प्रेड दर ४.३८ प्रतिशत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here