ओपोकाे रमजान अफरः ए सेभेन र एथ्रीएसमा छुट

काठमाडौं, १ जेठ । ओपो मोबाईलले नेपालमा रमजानको अवसरमा दुई थरी मोडलमा विशेष छुटको घोषणा गरेको छ ।

ओपोले ए सेभेन र ए थ्रीएस फाेन नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो । रमजानअफर अन्तर्गत अब यी मोबाईल फोनहरु क्रमशः २७ हजार ९९० र १५ हजार ९९० रुपैयाँमा उपलब्ध हुनेछन् ।

यसअघि एसेभेनकाे मुल्य ३२ हजार ९९० थियाे भने एथ्रीएसकाे मुल्य १६ हजार ९९० रूपैयाँ रहेकाे  थियाे ।

अगस्ट २०१८ मा सार्वजनिक गरेको एथ्रीएस दक्षिण एसियालीबजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण भएको ओपोले बताएको छ ।

यो फोनविशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको ओपोले बताएको छ ।

त्यसैगरी, एसेभेन भने ठूलो ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो ।

मितव्ययी मूल्यमै फोनमा उपलब्ध गरिएका मोबाइल फोटोग्राफी अन्तर्गतका नवप्रर्बतन तथा उच्च अत्याधुनिक प्रविधिका दुुवै फोनले युवा पुस्ताको मन जितेको कम्पनीको दाबी छ ।

४ हजार २३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो एसेभेनमा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरियतस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेरा राखिएकाे बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here