थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९६० पुग्यो

काठमाडौं, १६ कात्तिक । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here