कोरोनाले ज्यान जानेको संख्या १२ लाख नाघ्यो

काठमाडौं, १७ कात्तिक । कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३ सय जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ पुगेको हो । चार लाख ३६ हजार सात सय सात जनामा संक्रमण देखिएको छ।
विश्वभर अहिलेसम्म चार करोड ८० लाख चार हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म संक्रमणको कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ।

त्यहाँ अहिलेसम्म दुई लाख ३६ हजार चार सय ७१ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमित पनि अमेरिकमै सबैभन्दा धेरै छन्। अमेरिकामा अहिलेसम्म झण्डै साढे नौ लाखमा संक्रमण पुष्टि भएको छ।

अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्या ब्राजिलमा बढी छ। त्यहाँ अहिलेसम्म एक लाख ६० हजारले ज्यान गुमाएका छन्। तेस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म १ लाख २२ हजार ६ सय ४२ जनाले ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here