फुट्नै लागेको हो त नेकपा, विवाद समाधान गर्न दोस्रो तहका नेताहरु सक्रिय

काठमाडौं, १७ कात्तिक । कर्णाली प्रदेशबाट सुरु भएको किचलो, राजदुत नियुक्ति र मन्त्रीपरिषदको पुनर्गठनपछि नेकपामा बढेको विवाद अन्तत: फुटको संघारमा पुगेको छ ।

आइतबार दिउँसो अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वमा नै गम्भीर संकट उत्पन्न भएको भनी सामाजिक सञ्जालमा लेखेपछि थप तरंग पैदा भएको हो ।

दुई अध्यक्षको तिक्तता बढेपछि मिडिया र सामाजिक संजालमा नेकपाका नेताहरुको बयानबाजी पनि शुरु भएको छ । प्रधानमन्त्री ओलीले भने पार्टी विवाद बारे प्रतिक्रिया दिदै मिडियामा हल्ला चले जस्तो फुट्न लागेको नभएको बताएका छन् ।

तर उनले सधै भरि अलग अलग बैठक बसिरहेको बारे आफुले प्रचण्डसँग प्रश्न भने गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा परामर्शबिना राजदूत तथा मन्त्रीहरु नियुक्त गरेको आरोप, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव र त्यसपछि शाहीको सरकार ढाल्न र बचाउन नेकपाभित्र भएका बिभिन्न खेलहरुले सो पार्टीभित्र अहिले आरोप प्रत्यारोप उत्कर्षमा छ।

पछिल्लो विवादले पार्टी विभाजनको खतरा बढेपछि दोस्रो तहका नेताहरु विवाद समाधान गर्न सक्रिय भएका छन् ।

पार्टी महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेल लगायतका नेताहरु दुवै समूहलाई मिलाउने प्रयासमा लागेका छन् ।

अहिले नेकपामा प्रधानमन्त्री ओलीले गर्ने हरेक एकतर्फी नियुक्ति पछि विवाद बढ्ने गरेको ट्रेण्ड नै देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा परामर्शबिना राजदूत तथा मन्त्रीहरु नियुक्त गरेको आरोप, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव र त्यसपछि शाहीको सरकार ढाल्न र बचाउन नेकपाभित्र भएका बिभिन्न खेल नै विवादको रुपमा देखिएको छ ।

नेकपामा यसअघि पनि यसैगरी विवाद चर्किएको थियो । भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पुरानो विवाद नदोहोर्याउने र चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here