ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ९२ प्रतिशतले बढ्यो

काठमाडौं, १७ कात्तिक । ज्योति लाइफ इन्स्योरेन्सले खुद नाफा झन्डै दोब्बरले बढाएको छ ।

इन्स्योरेन्सले सोमबार प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९१.८७ प्रतिशतको वृद्धि देखिएको हो ।

विवरण अनुसार तीन महिनामा नै कम्पनीले ७ करोड २२ लाख २२ हजार खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९१.८७ प्रतिशत बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा ३ करोड ७६ लाख खुद मुनाफा कमाएको थियो ।

इन्स्योरेन्सले जीवन बीमा कोष, खुद बीमा शुल्कमा संकलमा उल्लेख्य सुधार गर्दा नाफा बढाउन सफल भएको हो ।

समीक्षा अवधिमा ज्योतिको खुद बीमा शुल्क संकलन पनि झन्डै दोब्बरले बढेको छ । कम्पनीले असोज मसान्तसम्म ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने गत आवको सोही अवधिमा २८ करोड ४२ लाख ६४ हजार संकलन गरेको थियो ।

यस्तै, समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष १४७.०५ प्रतिशतले बढेर २ अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोष ९१ करोड ४६ लाख ५६ हजार रुपैयाँ थियो ।

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख ३४ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.२३ रुपैयाँ रहेको छ ।

यसअनुसार कम्पनीले सर्वसाधारणमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता प्राथमिक सेयर जारी गर्नेछ ।

आईपीओ जारी भएसँगै कम्पनीमा संस्थापक-साधारण सेयर अनुपात ७०ः३० कायम हुनेछ भने जीवन बीमा कम्पनीको लागि बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब भन्दा २० करोड बढी कायम हुनेछ ।

कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन ६६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here