विदेशमा कोरोनाबाट ज्यान जाने नेपालीको संख्या २८४ पुग्यो, एक सातामा ९६३ जनालाई संक्रमण

काठमाडौं, १७ कात्तिक । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएसँगै विदेशमा रहेका नेपालीहरुमा थप संक्रमण देखा परेको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् ।

गैरआवासीय नेपाली संघक स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरस देखिएको हो । यद्दपि, यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन ।

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरस संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । गत सातासम्म १९ देशका २८४ नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here