रेफ्रिमाथि बल प्रहार गरेका मेस्सीलाई कारबाही गर्न माग

काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोनाका प्रमुख खेलाडी तथा कप्तान लियोनल मेस्सीलाई अनुशासन विरुद्धको कारबाही गर्न माग गरिएको छ ।

ला लिगामा शनिवार राति भएको अलाभेष विरुद्धको खेलमा मेस्सीले रेफ्रिमाथि बल प्रहार गरेको कारण उनीमाथि अनुशासन विरुद्धको कारबाही गर्न माग गरिएको रिपोर्ट स्पेनिस मिडियाहरुले छापेका छन् ।

अलाभेष विरुद्ध बार्सिलोना १-० गोल अन्तरले पछाडी रहेको अवस्थामा हतास र उदास देखिएका मेस्सीले रेफ्रिमाथि बल प्रहार गरेका थिए । बलले रेफ्रिलाई भने लागेको थिएन ।

उक्त खेल १-१ को बराबरीमा सकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here