५५ वर्षका भए बलिउड सुपरस्टार शाहरुख खान

काठमाडौं । भारतिय सिनेमा उद्योग बलिउडका सुपरस्टार शाहरुख खान ५५ वर्षमा प्रवेश गरेका छन् ।

सन् १९६५ नोबेम्बर २ तारिखमा जन्मिएका खानले दर्जनौं सुपरहिट सिनेमाहरुमा काम गरिसकेका छन् । जीवनकालको ३० वर्षभन्दा धेरै समय सिनेमा क्षेत्रमा बिताईसकेका खानले टि.भी कार्यक्रमबाट जीवनको सुरुवात गरेका थिए ।

शाहरुख खानले आफ्नो फिल्मी जीवनको सुरुवात ऋषि कपुरसंग फिल्म ‘दिवाना’ बाट गरेका थिए । बाजीगर, डर, डन, अंजाम, दिलवाले दुल्हनिया ले जाएंगे, कभी खुशी कभी गम, माई नेम इज खान जस्ता सुपरहिट सिनेमामा काम गरिसकेका छन् ।

शाहरुख खान पछिल्लो पटक फिल्म ‘जिरो’ मा देखिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here