झिनो अंकले घट्यो नेप्से, २ अर्ब ४५ करोडको कारोबार

काठमाडौं, १७ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । सोमबार नेप्से ३.३३ अंकले घटेर १६३७.६३ विन्दुमा कायम भएको छ ।

यसदिन १९७ कम्पनीको २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँ बराबरको कारोबार भएको छ । ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ४ समूहको परिसूचक ओरालो लागेका छन् ।

आज लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । यसको सबैभन्दा धेरै १२ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल बैंक र जलविद्युत कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here