थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

काठमाडौं, १७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ४ सय ४६ पीसीआर परीक्षणमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार १ सय ५० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here