मौसममा बदली, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

काठमाडौं, १८ कात्तिक । देशभरको मौसममा बदली भएको छ । पश्चिमी वायुकै प्रभावका कारण अहिले पश्चिम पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित धेरैजसो पहाडी क्षेत्र र प्रदेश २ र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली भएको हो ।

मौसममा बदली भएसँगै काठमाडौंमा जाडो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम २६/२७ डिग्री सेल्सियससम्म पुने अनुमान गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक १८ गते (मंगलबार):

दिउँसो : देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागहरुका केही स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक १९ गते (बुधबार):

दिउँसो : देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू-भागहरुका १/२ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक १९ गते (बिहीबार):

दिउँसो : देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here