समाज लघुवित्तको खुद नाफा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा ३९ लाख कमायो

काठमाडौं, १८ कात्तिक । समाज लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा उल्लेख्य वृद्धि गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको यहि अवधिमा लघुवित्तले ३ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।

यस अवधिमा लघुवित्तले ४ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन तथा १६ करोड ९८ लाख रुपैयाँ सापटि लिएर २१ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १९.५४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०५.१० रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा १० लाख २० हजार रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा लघुवित्तले ८ लाख ४३ हजार रुपैयाँको खुद ब्याज आम्दानी रहेकोमा २० लाख ८३ हजारले बढेर २९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

खराब कर्जा नोक्सानी व्यवस्था वापत ६ करोड २७ लाख रुपैयाँ रकम छुट्टाउनुपर्दा लघुवित्त ५ करोड ९६ लाख रुपैयाँ सञ्चालन नोक्सानी पुगेको छ । यद्यपी लघुवित्तले ६ करोड ३५ लाख खराब कर्जा उठाउँदा ३९ लाख नाफामा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here