सानिमा जनरल इन्स्योरेन्सको सेयर बुधबारदेखि कारोबारमा आउने, ओपनिङ् रेञ्ज कति ?

काठमाडौं, १८ कात्तिक । सानिमा जनरल इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले मंगलबार सर्वसाधरणतर्फको ३० लाख कित्ता र संस्थापकतर्फको ७० लाख गरी कुल १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेले सानिमा जनरललाई ‘एसजीआई’ कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति रु. १०३.७३ देखि रु. ३११.१९ सम्म मूल्य रेन्ज प्रदान गरेको छ।

स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा सानिमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जमा भएको खण्डमा नियमित समय (बिहान ११ देखि दिउँसो ३ बजे) मा कारोबार हुनेछ।

चुक्तापुँजी १ अर्ब पुर्याउन यो कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो।

कम्पनीले असोज २१ गतेदेखि अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्री खुला गरेको थियो ।जसमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएका थिए भने २ लाख ७३ हजार जना भाग्यशाली आवेदकले १० कित्ताका दरले सेयर पाएका थिए । ५ लाख ९० हजार ५४५ जनाको हात रित्तो भएको थियो ।

यसअघि ७० करोड चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here