एक्सन ऐड नेपालद्धारा स्वास्थ्य मन्त्रालयलाई साढे ९ हजार थान पीपीई हस्तान्तरण

काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४ सय ५७ थान पीपीई हस्तान्तरण गरेको छ ।

सस्थाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने करिब १ करोड ६२ लाख रुपैयाँ बराबरको पीपीई स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको हो ।

मंगलवार एक कार्यक्रमको बिच एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेका स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले मन्त्रालय मार्फत सहयोग गरेको माथेमाले बताईन् ।

एक्सन ऐडले नेपालमा झण्डै ३९ वर्षदेखि काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here