साढे ५ अंकले बढ्यो नेप्से, २ अर्ब २३ करोडको कारोबार

काठमाडौं, १८ कात्तिक । साताको पहिलो र दोस्रो दिन लगातार घटेको शेयर बजार मंगलवार भने सकारात्मक देखिएको छ । आज नेव्से परिसूचक ५.४० अंकले बढेर १ हजार ६ सय ४३.०३ अंकमा पुगेको छ ।

आज १ सय ९८ कम्पनीको २९ हजार ६०६ कित्ता शेयर ७७ लाख ५७ हजार ३ सय ५३ पटक किनबेच हुँदा २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५ सय ७२ रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार विकास बैंक र बैकिङ्ग बाहेक अन्य सबै समुहको सूचक बढ्यो । आज सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ४.८० प्रतिशत बढ्यो । त्यस्तै, निर्जिवन बिमा कम्पनीको २.१८ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका शेयर धनीले कमाए । विशाल बजारको शेयर मूल्य ९.९६ प्रतिशत बढ्यो । त्यस्तै, सम्मीट लघुवित्तको ९.९२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका शेयर धनी रहेका छन् । महालक्ष्मी बैंकको शेयर मूल्य २.५५ प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here