पाक-कला सम्बन्धी पहिलो राष्ट्रिय प्रतियोगिता हुँदै

काठमाडौं, १ जेठ । नेपालमा पहिलो पटक पाक-कला (कुकरी) सम्बन्धी पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी), राष्ट्रिय सीप परिक्षण समिति लगायत अन्य संस्थाहरुको सहकार्यमा सो प्रतियोगिता हुन लागेको हो ।

साना तथा मझौला होटल वा रेष्टुरेन्टहरुमा काम गरिरहेका कुकहरुको प्रतिभालाई प्रष्फुटित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको सीटीइभीटीले जनाएको छ ।

पाक-कला क्षेत्रमा काम गरिरहेका सेफहरुको पहिचान गरी उनीहरुलाई राष्ट्रिय स्तरमा कदर प्रदान गर्नु यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको पनि आयोजकले जनाएको छ ।

१८ वर्ष भन्दा माथिका पाककला सम्बन्धी ज्ञान र सीप भएका सबै नेपालीहरुले प्रतियोगितामा भाग लिन पाउने छन् ।

महिला, दलित, पिछडिएका वर्गलाई प्रतियोगितामा भाग लिन विशेष रुपमा आह्वान गरीएको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट २-२ जना सहभागीहरु छनोटमा पर्ने र उनीहरुबीचको अन्तिम प्रतियोगिता जेठ ३१ गते पोखरामा हुनेछ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई आर्कषक नगद पुरस्कार र प्रसंसा पत्र पनि प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here