थप २० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो

काठमाडौं, १८ कात्तिक । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जना संक्रमितको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार नाघेको छ।

गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २४ जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here