कोरोना पोजेटिभ देखिएकी महराकी पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको क्रममा निधन भएको छ।

उपचारका क्रममा महराकी पत्नीको बुधबार बिहान ६:२५ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

निमोनियापछि उपचारकै क्रममा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन्। महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here