आरएमडीसी लघुवित्तको नाफा १७ प्रतिशत घट्यो

काठमाडौं, १९ कात्तिक । आरएमडीसी लघुवित्तको खुद नाफा १७.५८ प्रतिशतले घटेको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ करोड ५ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा १ करोड २९ लाख २४ हजार रुपैयाँ घटेको छ। गत आवको असोज मसान्तसम्ममा ७ करोड ३५ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा खुद नाफा प्रभावित भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ६७ लाख रुपैयाँ र सञ्चालन मुनाफा १ करोड ९४ लाख रुपैयाँले घटेको छ । यस अवधिमा लघुवित्तले १० करोड १८ लाख ३१ हजार रुपैयाँमा खुद आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ९ करोड ६१ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ।

हाल १ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। bसमीक्षा अवधिमा लघुवित्तको सापटी ७ अर्ब ५५ करोड ८७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ९६ करोड ७१ लाख रुपैयाँमा झरेको छ भने कर्जा ८ अर्ब ११ करोड ७८ लाख रुपैयाँबाट बढेर ८ अर्ब २७ करोड ५ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २३.४३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ, मूल्य आम्दानी ३६.५३ गुणा, खराब कर्जा ०.००५९ प्रतिशत पुगेको रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here