आईपीएल २०२०ः मुम्बईलाई १० विकेटले हराउदै हैदराबाद प्लेअफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग अन्र्तगत समुह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराउदै सनराइजर हैदराबाद प्लेअफमा पुगेको छ ।

टस जितेर बलिङ रोजेको हैदराबादले मुम्बईलाई १४९ रनमा रोक्यो । जवाफि व्याटिङमा १७ बल बाँकी हुँदैमा अर्थात १७.१ ओभरमा विना कुनै विकेटको क्षतिमा उक्तप लक्ष्य भेट्टायो ।

यो संगै मुम्बई, दिल्ली, हैदराबाद र व्याङ्लोर आइपीएलको प्लेअफमा प्रवेश गरेका छन् ।

प्लेअफको पहिलो खेलमा मुम्बई र दिल्ली भिड्नेछन् भने दोस्रो खेलमा हैदराबार व्याङ्लोर भिड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here