स्वदेशी लघुवित्तको नाफा ७४ प्रतिशत बढ्यो

काठमाडौं, १९ कात्तिक । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले बुधबार सार्वजनिक गरेको विवरण अनुसार संस्थाले रु। ३ करोड ३३ लाख ९७ हजार खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो ।

गत आवको समिक्षा अवधीमा कम्पनीले रु. १ करोड ९१ लाख ८० हजार खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खर्च नियन्त्रण गरेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

कम्पनीले समिक्षा अवधीसम्ममा रु. १ अर्ब १८ करोड ७३ लाख डिपोजिट संकलन गरेको छ । कम्पनीको कर्जा प्रवाह भने रु. ४ अर्ब १३ करोड १३ लाख भन्दा बढी रहेको छ ।

प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. १५ करोड ६७ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु। ९ करोड ९४ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. २७ करोड रहेको छ ।

कम्पनीले आफ्नो जगेडामा रु .१३ करोड भन्दा बढी रकम जम्मा गरेको छ । वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर ४८.४० रुपैयाँ रहेको छ । यस्तै, प्रति शेयर कुल सम्पत्तिको मुल्य १७२०.५७, मुल्य आम्दानी अनुपात १६.५३ तरलता अनुपात १२.२३, प्रतिशेयर नेटवर्थ १४९.५७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here