लगातार तेस्रो जितको खोजिमा बार्सिलोना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज राति (बुधबार) समूह चरणको तेस्रो खेल खेल्दै छ ।

बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा नेपाली समय अनुसार राति १ः४५ मा डेनाभो क्युभसँग प्रतिस्पर्धा गर्दै छ ।

यसअघि बार्सिलोनाले पहिलो खेलमा फेरेनकोभारोसलाई र दोस्रो खेलमा इटालियन च्याम्पियन युभेन्ट्लाई हराएको थियो ।

लिगमा दुई खेल खेलेको बार्सिलोना ६ अंक जोड्दै समूह ‘जी’मा को अंक तालिकामा शिर्ष स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here