झिनो अंकले घट्यो नेप्से, १ अर्ब ७५ करोडको कारोबार

काठमाडौं, १९ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । बुधबार नेप्से २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा कायम भएको छ ।

यसदिन २०१ कम्पनीको १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०५ रुपैयाँ बराबरको कारोबार भएको छ । ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २५.३१ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ८८.६८ अंकले घटेको छ ।

आज लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । यसको सबैभन्दा धेरै ९ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण काबेली पावर र नेपाल टेलिकमको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here