‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जानु हो, दिनेवाला छैन्’- प्रधानमन्त्री

काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिने बाला छैन।’उनले अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत नै बसेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशमा स्थिरताका लागि काम गर्ने बताएका छन् ।

‘बाहिर तयारी गर्दैछन् भन्ने सुनिन्छ । केही पनि हुने वाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले आएको हो । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो,’ उनले भने, ‘तपाइँहरु ढुक्क भएर काममा लाग्नुस् ।

धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र । देशमा स्थिरताका लागि काम गर्छौं ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्रीको राजीनामा माग भइरहेका बेला उनको यस्तो भनाई बाहिर आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here