वीर अस्पताल आकस्मिक विभागका चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं, १९ कात्तिक । वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। वीर अस्पताल आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्।

राजीनामा दिनेमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. भविन्द्र कार्की, डा. ओजिर दिवान, डा. योगीब्रज लामा, डा. शोभना थापा, डा. कीर्ति गोपाल डंगोल, डा. सन्तोष कुमार साह, डा. राकेशकुमार सिंह लगायत रहेका छन्।

राजीनाम पत्रमा कोरोना महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको आरोप लगाएका छन्।

उनीहरुले उपचारमा खटिएका चिकित्सकलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दशैंतिहार भत्ता समेत नदिएर मनोवल गिराउने काम गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्तको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहन्छौं,” १६ जना चिकित्सकहरुले सामूहिक राजीनामापत्रमा भनेका छन्, “उल्लेखित स्वास्थ्य मापदण्ड व्यवस्थापन नहुँदा यसबाट पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवार व्यवस्थापन पक्ष हुनेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here