युनाइटेड इदी-मार्दीको आइपीओ कात्तिक २७ देखि आउँदै

काठमाडौं, २० कात्तिक । युनाइटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) कात्तिक २७ गतेदेखि विक्री खुला हुने भएको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ८ करोड ७३ लाख ९१ हजार रुपैयाँ बराबरको ८ लाख ७३ हजार ९१० कित्ता आइपीओ विक्री गर्ने भएको हो ।

निष्काशन हुने कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयरमध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ८ लाख १२ हजार ७३६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयलाई ४ लाख २० हजार कित्ता आइपीओ जारी गरेको थियो । सोमध्ये विक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित अहिले सर्वसाधरणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा भने मंसिर ११ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here