१ सय देशका नागरिकलाई बिनाभिसा ओमान प्रवेशको अनुमति

काठमाडौं, २० कात्तिक । ओमानले १०० देशका नागरिकलाई बिनाभिसा प्रवेश अनुमति दिए भएको छ ।

पर्यटक वृद्धि र पर्यटन क्षेत्रमा लगानीकर्ता बढाउने अपेक्षाको साथ उक्त निर्णय गरेको गल्फ न्युज ले जनाएको छ । यस निर्णयले उद्योग विज्ञहरू र पर्यटन व्यवसायमा लाग्नेहरू उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।

बिना भिसा प्रवेश दिने देशहरूको सूची अहिलेसम्म सार्वजनिक गरेको छैन । आउँदो महिना यो घोषणा गरिने जनाइएको छ । हाल, ओमानले कोरोना भाइरसको कारण भ्रमण भिसा दिएको छैन ।

घरेलु उडान आवागमन र यात्रुको तथ्याङ्‍कले अघिल्लो महिनाको तुलनामा यस वर्षको अगस्तमा यात्रु बढे पनि गत वर्षको तुलनामा ६५ प्रतिशत घटेको जनाइएको छ । होटलमा बस्नेहरुको संख्या गत वर्षको तुलनामा ७६ प्रतिशतले गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here