सामान्य अंकले घट्यो नेप्से, २ अर्ब ८४ करोडको कारोबार

काठमाडौं, २० कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको कारोबार हुने अन्तिम दिन नेप्से ४.४७ अंकले घटेर १६३६.१७ विन्दुमा कायम भएको छ ।

यसदिन २०० कम्पनीको २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९१ लाख २३ हजार ८९६ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ८ समूहको परिसूचक ओरालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here