थाहा पाउनुहोस् अम्बा खानुका अनेक फाइदा

काठमाडौं । चिसो मौसमको सुरुवात भईसकेको छ । यस मौसममा खानपानमा ध्यान दिनु अत्यन्त आवश्यक छ ।

सिजन अनुसार खानपानमा ध्यान दिन सक्ने हो भने धेरै प्रकारका स्वास्थ्य समस्याहरुबाट सजिलै छुटकारा पाउन सकिने कु्रा चिकित्सकहरु बताउछन् ।

सिजन अनुसार पाईने फलफुल शरिरको लागि निकै फलदायी मानिन्छ । यो सिजनमा बजारमा सजिलै पाईने अम्बा खादाँ हाम्रो स्वास्थ्यलाई फाइदाजनक हुन्छ ।

यस्ता छन् अम्बा खानुका फाइदाः

१. अम्बले रोग प्रतिरोधक क्षमताको वृद्धि गर्दछ । यसमा रहेको भिटामिन सी ले हाम्रो शरिरमा रोग प्रतिरोधक क्षमताको वृद्धि गर्छ ।

२. चिकित्सकहरुका अनुसार अम्बाले रगतमा रहेको सुगरको मात्रालाई नियन्त्रण गर्नमा प्रभावकारी भुमिका खेल्दछ । अम्बामा पाइने फाइबरले मधुमेहका विरामीलाई पनि फलदायी मानिन्छ । ्

३. अम्बामा हुने पोटाशियम र फाइबरले रक्तचापलाई कम गर्ने काम गर्छ ।

४. अम्बा मोटोपन कम गर्नको लागि पनि प्रभावकारी मानिन्छ । यसमा रहेको फाइबरको कारण कम मात्रामा भोक लाग्दछ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here