हिमालयन बैंक र बैंक अफ काठमाण्डूले जिते एक अर्ब ५६ करोडको मुद्दा

काठमाडौं, २१ कात्तिक । लामो संघर्षपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनको एउटा अदालतमा साढे एक अर्ब रुपैयाँ बराबरको मुद्दा जितेका छन् ।

८ बर्षअघि मेलम्ची खानेपानी आयोजनाको जमानतको रकम फिर्ता सम्बन्धी चीनमा चलेको मुद्दा दुबै बैंकले जितेका हुन् ।

मुद्दा जितेसँगै पछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूको एक अर्ब ५६ करोड रुपैयाँ रकम फिर्ता आउने भएको छ।

बिहीबार चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्दा जितेपछि दुबै बैंकले रकम फिर्ताको लागि दाबी सहितको पत्र पठाउने तयारी गरेका छन् । यद्दपि मुद्दा हारेको सीसीआरसीले माथिल्लो अदालतमा जाने बाटो भने अझै बाँकी रहेको छ ।

मेलम्ची आयोजनाको जमानत रकम फिर्ता आएमा बैंक अफ काठमान्डुको ९०करोड रुपैयाँ र हिमालयन बैंकको ६६ करोड रुपैयाँ फिर्ता आउने छ। सुरुमा जिल्ला अदालत बेजिङमा नेपालका दुई बैंकले सो मुद्दा हारेका थिए ।

सो पछि अधिवक्ता गान्धी पण्डितले हेनान उच्च जन अदालतमा सो मुद्दामा पुनरावेदन दिएका थिए । सो मुद्दा भने नेपालका दुई बैंकको पक्षमा फैसला भएको थियो । फेरि उच्च अदालतबाट जिल्ला आदालतमा फर्किएको सो मुद्दामा शुक्रबार नेपालका बैंकको पक्षमा फैसला भएको हो ।

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीको सीएमसीसँगको बैंक जमानतको मुद्दा जितेको थियो । उक्त बैंकले करिव साढे दुई अर्ब १० करोड रुपैयाँ बराबरको रकम फिर्ता पाएको थियो।

तनहुँ हाइड्रो पावरको ठेक्का सम्झौतामा इटलीको सीएमसी कम्पनीको लागि नेपाल इन्भेष्टमेन्ट जमानत बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here