स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी हुन् २५ देखि ३१ हजारसम्मका सामसुङ स्मार्टफोन

काठमाडौं । दक्षिण कोरियाली स्मार्ट फोन निर्माता कम्पनी सामसुङका स्मार्ट फोनहरु हामी मध्ये धेरै मानिसको रोजाई हुनसक्छ ।

स्थापित ब्राण्ड भएको कारण पनि सामसुङका फोनलाई विश्वासिलो मानिन्छ । तपाईं पनि ३० हजारसम्मको स्मार्टफोन किन्ने सोँचमा हुनुहुन्छ भने यी फोन तपाईंको रोजाईमा पर्न सक्छ ।

१. ग्यालेक्सी एम 40

३ हजार ५ सय एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टफोनमा ६ जिबी र्याम र १२८ जिबी स्टोरेज क्षमता छ । यो फोनको मूल्य नेपाली बजारमा २५ हजार ९ सय ९० रुपैयाँ ताकिएको छ ।

२. ग्यालेक्सी ए 50

४ हजार एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टफोनमा ४ जिबी र्याम र ६४ जिबी स्टोरेज क्षमता छ । यो फोनको मूल्य नेपाली बजारमा २६ हजार ६ सय ९९ रुपैयाँ ताकिएको छ ।

३. ग्यालेक्सी एम 30 एस

६ हजार एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टफोनमा ६ जिबी र्याम र १२८ जिबी स्टोरेज क्षमता छ । यो फोनको मूल्य नेपाली बजारमा २८ हजार ६ सय ९९ रुपैयाँ ताकिएको छ ।

४. ग्यालेक्सी एम 30

६ हजार एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टफोनमा ६ जिबी र्याम र १२८ जिबी स्टोरेज क्षमता छ । यो फोनको मूल्य नेपाली बजारमा ३० हजार ९ सय ९९ रुपैयाँ ताकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here