तिहारपछि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द

काठमाडौं, २१ कात्तिक । काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ ।

काठमाडौं महानगरपालिका र अभियन्ताहरुबीच मंसिर २ अर्थात् भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति शुक्रबार भएको हो ।

लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको छ ।

खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने भएकाले व्यवस्थित गर्न दुबै पक्ष सहमत भएका हुन् ।

सहमतिपत्रमा हाम्रो सानो प्रयास, हन्ड्रेड्स गु्रप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायत अभियान–संघसंस्थाका प्रतिनिधि र काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवर, बसन्त आचार्यल,धनपति सापकोटा,राजु पाण्डेलगायका अधिकारीले हस्ताक्षर गरेका छन्।

यसअघि महानगरले खाना खुवाउन रोक्न निर्देशन दिएपछि विवाद भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here