आईपीएल २०२०ः प्लेअफअन्तर्गत आज हैदरावाद र बैंगलोर भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज प्लेअफअन्तर्गत एलिमिनेटर खेल हुँदैछ ।

आज लिगको तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा नेपाली समय अनुसार राति ७ः४५ बाट सुरु हुने खेलमा बिजेता टोलीलले फाइनल प्रवेशको लागि आइतबार दिल्लीसंग प्रतिस्पर्धा गर्ने मौका पाउनेछ ।

लिग चरणका १४ खेलमा समान ७ खेलमा जित र ७ खेलमा पराजित भएका यी दुवै टोली समान १४ अंकसहित प्लेअफमा प्रवेश गरेका थिए ।

पछिल्ला ५ खेलमा ४ वटा जित निकाल्दै हैदरावाद प्लेअफमा प्रवेश गरेको हो भने सुरुवाती खेलहरुमा राम्रो प्रर्दशन गरेपनि बैंगलोरले पछिल्ला ४ खेलमा जित निकाल्न सकेको छैन् ।

समुह चरणमा यी दुई टोलीबिच भएको २ खेलमा दुवै टोलीले १-१ खेल जितेका थिए । आईपीएलको फाइनल आउँदो मंगलवार हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here