ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन

काठमाडौं, २१ कात्तिक । नेपाल स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन भएका छन् ।

एशोसिएशनको २६ औं वार्षिक साधारणसभाबाट मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नवनियुक्त अध्यक्ष सन्तोष मैनाली स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक हुन् । उनीसँग एशोसियसनको कार्यसमितिमा महासचिव र सदस्य पदमा काम गरेको अनुभव रहेको छ।

यसअघि ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रमुख कार्यकारी अधिकृत भरत रानाभाटले एशोसिएशनमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको दुई वर्षे कार्यकाल गत असोज १२ गते नै सकिएको हो ।

एशोसिएशनको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, कोषाध्यक्षमा भक्तिराम पौडेल र सचिवमा रमण पन्त चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा रवीन्द्र श्रेष्ठ, फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल सर्वसम्मत चयन भएका छन् । यो नेतृत्वले आगामी दुई वर्षसम्म कार्यभार सम्हाल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here