गोरखामा देउसी भैलो खेल्न प्रतिबन्ध, खेलेको पाईएमा कारबाही हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाभर तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।

शुक्रबार एक सूचना प्रकाशन गर्दै प्रशासन कार्यलयले देउसी भैलो खेल्दा कोराना भाइरस संक्रमण फैलिने जोखिम बढ्ने भन्दै तिहारको समयमा देउसी भैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने प्रतिबन्ध गरेको हो ।

यसका साथै तिहारमा जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोगमा समेत प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्ध गरिएको कुनैपनि कार्य गरेमा वा कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार र भुइचम्पा, पटका आतिशबाजी जस्ता विस्फोटक पदार्थको कारोबार र प्रयोग गरमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी समेत प्रशासन कार्यलयले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here