कहिले आउछ अमेरिकी निर्वाचनको अन्तिम नतिजा ?

काठमाडौं । नोभेम्बर ३ तारिखमा सम्पन्न भएको अमेरिकी निर्वाचनको अन्तिम नतिजा कहिले आउँछ भनेर विश्‍वको ध्यान केन्द्रित भएको छ ।

समाचार तयार गर्दाको समसम्म ४४ राज्यमा मतगणना सकिसकेको छ भने अझै ६ वटा राज्यहरुको मतगणना जारी छ ।

अहिलेको अवस्थामा डेमोक्रेटिक उमेदवार जो बाइडेनले २५३ इलेक्टोरल कलेज मत र सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् ।

कुल ५३८ इलेक्टोरल कलेज मत भएको अमेरिकामा २७० इलेक्टोरल कलेज मत प्राप्त गर्ने व्यक्ति विजयी हुने प्रावधान छ ।

नेवाडामा बाइडेन ११ हजार मतले अघि रहेको छन् । नेवाडामा ८९ प्रतिशत भन्दा धेरै मतगणना सम्पन्‍न भइसकेको छ ।

पेन्सलभानियामा ट्रम्पले अग्रता लिएका छन् । पेन्सलभानियामा अझै हजारौं मतहरु गणना गर्न बाँकी रहेको बताईएको छ । यस राज्यमा हुलाकबाट आएका मतहरु गणना गर्ने काम भइरहेको छ ।

एरिजोनामा फेरि ट्रम्पले अग्रता लिएका छन् । यसअघि बाइडेनको अग्रता भएको एरिजोनामा अहिले ट्रम्पले सात हजारले मतले अग्रता लिएका छन् ।

अलास्का र नर्थ क्यारोलिनामा मतगणना जारी छ । दुबै राज्यमा ट्रम्पको अग्रता रहेको छ ।

हालसम्मको नतिजा हेर्दा बाइडेन जित नजिक पुगिसकेका छन् । यससंगै ट्रम्प पुनः ह्वाइट हाउस फर्कने कुरा असम्भव जस्तै बनेको छ ।

हार नजिक पुगेका ट्रम्प भने मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना रोक्‍नसमेत आग्रह गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here