काठमाडौंको तापक्रम जाडो सुरु भएयताकै कम, जुम्लाको माइनस १ डिग्री

काठमाडौं, २२ कात्तिक । देशभरको न्यूनतम तापक्रम घट्दै गएसँगै चिसो बढेको छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको न्यूनतम तापक्रम हिजोको तुलानामा घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वाअनुमान महाशाखाका अनुुसार शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको छ ।

शुक्रबार बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ ।

दोलखाको जिरीको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, जोमसोमको ३ डिग्री सेल्सियस, ताप्लेजुङको ११, दिपायलको ९ दशमलव ८ डिग्री सेल्सियस र डडेल्धुराको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

तापक्रम अझै घट्दै जाने महाशाखाले जनाएको छ । आज देशभर खुलेर घाम लाग्ने सम्भावना नरहेको मौसमविद्हरुले बताएका छन् ।

पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ । पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ ।

अरु ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकका पहाडी भू-भागमा दिउँसो आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ । पहाडी भू-भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक २२ गते (शनिबार):

दिउँसो : प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २३ गते (आईतबार):

दिउँसो : प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २४ गते (सोमबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here