इन्टरनेट प्रयोगकर्ता २ करोड २८ लाख नाघे, मोबाइल इन्टरनेटको हिस्सा ७४ प्रतिशत

काठमाडौं, २२ कात्तिक । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या दुई करोड २८ लाख नाघेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार इन्टरनेट प्रयोगकर्ता २ करोड २८ लाख ७९ हजार ७ सय २७ पुगेको हो। २०७६ भदौमा इन्टरनेट प्रयोगकर्ता १ करोड ९५ लाख ४० हजार ८ सय ७३ जना थिए।

स्मार्टफोनको प्रयोग बढ्दै जाँदा मोबाइलमा इन्टरनेट, यसको पहुँच विस्तार र प्रतिस्पर्धी कम्पनीका कारण छोटो समयमा इन्टरनेट प्रयोगकर्ताको संख्या उच्च बनेको रिपोर्टमा जनाईएको छ ।

कुल इन्टरनेट प्रयोगकर्तामध्ये १ करोड ६८ लाख ५५ हजार २ सय ४८ मोबाइल इन्टरनेट प्रयोगकर्ता र फिक्ड तथा वायरलेस इन्टरनेट प्रयोगकर्ता ६० लाख २४ हजार ४ सय ७९ छन्।

मोबाइल इन्टरनेटको हिस्सा ७४ प्रतिशत र फिक्ड र वायरलेस इन्टरनेटको हिस्सा २६ प्रतिशत छ।

जसमा फोरजी प्रयोगकर्ताको संख्या ५५ लाख नाघेको छ। सबैभन्दा बढी फोरजी प्रयोगकर्ता निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलको रहेको प्राधिकरणले जनाएको छ।

एनसेलको फोरजी सेवा प्रयोग गर्ने ३७ लाख २९ हजार ४५३ पुगेका छन्। नौ लाख ६१ हजार ४८१ जनाले फाइबर इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।

यस्तै, नेपाल टेलिकमको फोरजी सेवा लिने १६ लाख चार हजार ४५६ पुगेका छन्।

अघिल्लो महिना एनटीसीको फोरजी प्रयोगकर्ता साढे १५ लाख हाराहारी मात्रै थियो। स्मार्ट टेलिकमको फोरजी चलाउने एक लाख ८२ हजार पाँच सय पाँच रहेको छ।

तर एउटै व्यक्तिले मोबाइल इन्टरनेट र फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गरिरहेकाले ठ्याक्कै कति जनसंख्याले इन्टरनेट प्रयोग गरिरहेका छन् भनेर पत्ता लगाउन नसकिएको प्राधिकरणले जनाएको छ ।

उपत्यका क्षेत्रमा प्राय सबैको घरमा एफटिटिएच जडान गर्ने गरेका छन् । इन्टरनेट सेवाप्रदायकको चर्को प्रतिस्पर्धा टेलिकम कम्पनीको डेटाबाट आउने आम्दानीमा गिरावट हुँदै गएको छ ।

सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ बाट थ्रीजी र २०७३ देखि फोरजीको सेवाको सुरुवात पनि भएको छ । मोबाइल इन्टरनेटको सेवा प्रदान गर्नेमा सबैभन्दा ठूलो बजार नेपाल टेलिकमकै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here