८४औं वार्षिकोत्सवमा नेपाल बैंकको रक्तदान

काठमाडौं, २२ कात्तिक । नेपाल बैंक लिमिटेडले आफ्नो ८४ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल बैंक र लायन्स क्लब अफ बैंकर्सको सहकार्यमा शुक्रबार सम्पन्न भएको सो कार्यक्रममा ८९ जनाले रक्तदान गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्यक्रम आयोजना गरेको हो ।

वि.सं १९९४ को लक्ष्मीपूजाको दिनदेखि सेवा शुरु गरेको नेपाल बैंकले यही कात्र्तिक ३० गते स्थापनाको ८४ औं उत्सव मनाउँदैछ ।

सोही अवसरमा बैंकले मोबाइल बैंकिङ, डिम्याट खाता, मेरो सेयर, सी–आस्बा र भिसा डेबिट कार्ड सेवा निःशुल्क गरिसकेको छ ।

बैंकले मुलुकभर रहेका आफ्ना १९१ शाखा, १२६ एटीएम र ३६ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गरिरहको छ ।

नेपाल बैंकसम्बन्धी थप समचारः

नेपाल बैंक र मुसिकोट नगरपालिकाबीच सहुलियत कर्जा प्रवाह गर्ने सम्झौता

नेपाल बैंकको खुद नाफा घट्यो, वितरणयोग्य नाफा साढे १९ करोड

नेपाल बैंक र लिसंखु पाखर गाउँपालिकाले उद्यमशीलता विकासमा सहकार्य गर्ने

ओटीसी मार्केटमा नेपाल बैंकसहित १ सय २३ कम्पनी सूचीकृत (नामसहित)

नेपाल बैंकले ल्यायो सस्तो ब्याजदरमा घरकर्जा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here