जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित, ह्यारिस बनिन पहिलो महिला उपराष्ट्रपति

काठमाडौं, २२ कात्तिक । जोसेफ बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार, नेभाडा राज्यमा विजयी भएसँगै डेमोक्र्याटिक पार्टीका बाइडेन आगामी चार वर्षका लागि राष्ट्रपति हुने निश्चित भएको हो ।

उनले रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराएका छन् । ट्रम्प अमेरिकाका बहालवाला राष्ट्रपति हुन् ।

राष्ट्रपति निर्वाचित हुन आवश्यक २ सय ७० इलेक्ट्रोरल मतमा बाइडेनले २ सय ७० हासिल गरेका छन् भने उनका प्रतिद्धन्दी ट्रम्पले २ सय १४ मतमात्र प्राप्त गरे ।

त्यसैगरी कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलोपटक महिला उपराष्ट्रपति बनेकी छन् ।   

बाइडेन बाराक ओबामाको कार्यकालमा सन् २००९ देखि २०१६ सम्म उपराष्ट्रपति थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here