उपत्यकाको तापक्रम निरन्तर घट्दै, आइतबार बिहान जाडो सुरु भएयताकै कम

काठमाडौं, २३ कात्तिक । देशभरको न्यूनतम तापक्रम घट्दै गएसँगै चिसो बढेको छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको न्यूनतम तापक्रम हिजोको तुलानामा घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान पनि उपत्यकाको तापक्रम जाडो सुरु भएयताकै कम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

शनिबार न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको थियो । शुक्रबार १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २३ गते (आईतबार):

दिउँसो : प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २४ गते (सोमबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २५ गते (मंगलबार):

दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भुभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here