गुराँस लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं, २३ कात्तिक । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले सो आवको नाफाबाट नगद तथा बोनस कुनै लाभांश नबाँड्ने भएको हो । लाभांश नदिने भएसँगै सेयरधनी निराश भएका छन् ।

त्यस्तै, लघुवित्तको सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु साधरण सभामा पेश गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here