कोरोना संक्रमित भेट्न बुटवलका जनप्रतिनिधी घरदैलोमा, ठूलो औषधि नै उच्च मनोबल

फाइल फोटो

काठमाडौं, २३ कात्तिक । कोरोना संक्रमण पुष्टि भएर लक्षण नदेखिएपछि होमआइसोलेसनमा बसेका संक्रमितको आत्मबल बढाउन बुटवल उपमहानगरको घरदैलो कार्यक्रम जारी छ ।

उपमहानगर प्रमुख शिवराज सुवेदीसहितको टोलीले नगरभित्र होम आइसोलेसनमा बसेकालाई आयुर्वेदिक औषधि बोकेर घरदैलो अभियान संचालन गरेका थिए ।

उक्त अभियानमा अहिलेसम्म होम आइसोलेशन ७ सय जना र अस्पतालमा ३ सय जना गरि करिब १ हजार भन्दा बढी सँग संक्रमितसँग भेटघाट भएको प्रमुख सुवेदी क्लाउड पत्रिकलाई बताए ।

यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेसमेत सुरक्षा प्रवन्धसहित जानकारी, संक्रमितलाई उच्च मनोबल, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको उनको भनाई छ । यस अभियान संक्रमण नियन्त्रणमा नआउदासम्म जारी रहनेछ ।

उपमहानगरमा कोरोना विशेष अस्पताल र आइसोलेसन भए पनि लक्षण नदेखिएका संक्रमित र कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई होम आइसोलेसनमै राखिएको छ ।

होम आइसोलेसन राखिएकालाई कुनै अप्ठारो नपरोस भनेर संक्रमितको अवस्था हेरि अक्सिजनको सिलिण्डर समेत दिने थलिएको उनले बताए ।

संक्रमितको अवस्था बुझ्न शुरु गरेको यो अभियानले टोलछिमेकमा सकारात्मक सन्देश दिएको र यस्तो अभियानले हरेक संक्रमितको मनोबल उच्च बनाउने सुवेदीले बताए ।

यो अभियानले कुनै माहामारीको सामनाको लागि सबैभन्दा ठूलो र पहिलो औषधि नै उच्च मनोबल नै रहेछ भन्न पाठ सिकाएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here