सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो

काठमाडौं । साताको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।

कारोबार भएको अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तेजावी सुनको मूल्य पनि ५०० रुपैयाँ नै बढ्यो । आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेको छ । शुक्रवार प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार २० रुपैयाँ बढ्दै प्रतितोला १२७५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here