पोको एम-२ र पोको सी-३ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण – पोको एम२ र पोको सी ३ सार्वजनिक गरेको छ ।

ब्राण्डले नेपालमा यो दोस्रो पटक आफ्नो उत्पादनहरु नेपालमा भित्राएको हो, यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरिएको थियो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले पोकोले पहिलै मी फ्यानहरु र प्रयोगकर्ताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको बताए ।

पोको एम-२ मा मिडियाटेक हेलियो जी ८० अक्टा-कोर प्रोसेसरका साथै २.० जीएचजेड मा दुई कोटेक्स-ए७५ र १.८ जीएचजेड मा छ कोटेक्स-ए५५ रहेको छ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउने कम्पनीले जनाएको छ ।

मडियाटेक गेमिङ विशेषताहरुका साथ पोको एम-२ प्रयोगकर्ताले आकर्षक गेमिङको आनन्द लिन सक्ने जनाइएको छ ।

पोको एम-२ मा क्‍वाड क्यामेराको विशेषता छ । जसमा १३ एमपी प्राइमरी सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर समावेश छ । ८ एमपी अल्ट्रा वाइड क्यामेराको साथ ११८ डिग्री फिल्ड भ्यु खिच्‍न र प्रयोगकर्ताहरुले आफ्ने दृश्य अवलोकनलाई विस्तार गर्दै ड्रामेटिक क्लोजअप सर्टहरु लिन सक्छन् ।

प्रयोगकर्ताले म्याक्रो क्यामेरामा रमाइलो भिडियोका लागि पूर्ण एचडी फुटेज लिन सक्छन् । पोको एम-२ ५००० एमएएच बिल्ट-इन ब्याट्रीका साथ आउँछ र लामो समयसम्म ब्याट्री ब्याकअपका लागि १८ वाट्ट फास्ट चार्जिङ (१० वाट्ट इन बक्स) समर्थन गर्छ ।

टु-टोन डिजाइन अभिलक्षणका साथ पोको सी-३ यस क्षेणीमा प्रयोगर्ताहरुलाई उत्तम तरिकाले फिट हुने स्मार्टफोन बनाउन आन्तरिकहरुको सन्तुलित सेटका रुपमा रहेको कम्पनीले जनाएको छ ।

पोको सी-३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन पनि बनेको कम्पनीले जनाएको छ । पोको सी-३ को ट्रिपल क्यामेरा सेटअपमा १३ एम.पी प्राइमरी सेन्सर, २ एम.पी म्याक्रो सेन्सर र १३ एम.पी डेप्थ सेन्सर पनि रहेको जनाइएको छ ।

६ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको पोको एम टुकाे मूल्य १८ हजार ९ सय ९९ रूपैयाँ रहेकाे छ । यो फोन ब्रिक रेड, पिच ब्लाक र स्लेट ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।

त्यस्तै आर्कटिक ब्लु, लाइम ग्रीन र म्याट ब्लाक रङमा ४ जीबी र्‍याम ६४ जीबी स्टोरेज रहेको पोको एम २ को मूल्य १४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यी फोन मी स्टोर र रिटेल पार्टनरमा छिट्टै उपलब्ध हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here